भारतको गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन भारत सरकारसँग छलफल : परराष्ट्रमन्त्री देउवा

धनगढी : धनगढीसँग जोडिएको भारतको गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन भारत सरकारसँग छलफल भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छन्।

वर्षौदेखि कामचलाउ अवस्थामा रहेको गौरीफन्टा नाकालाई स्तरोन्नति गरी ठूलो नाका बनाउन भारत भ्रमणका क्रममा भएको छलफलमा भारत सरकार सकारात्मक रहेको उनले धनगढीमा बुधबार आयोजित एक कार्यक्रममा बताएकी हुन्।

Dengue

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्दै मन्त्री राणाले सुदूरपश्चिमको विकासका लागि गौरीफन्टा नाका ‘लाइफ लाइन’ भएको बताइन् । उनले भनिन्,‘यसको विषयमा भारत भ्रमणका क्रममा भारतीय सरकारसँग महत्त्वपूर्ण छलफल भएको छ। भारत पूर्ण सकारात्मक छ।’

गौरीफन्टा नाकाको महत्वका विषयमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई लेखेर पठाउन समेत आफूले आग्रह गरेको उनले बताइन्। यससँगै भारत भ्रमणका क्रममा सुदूरपश्चिमको समग्र विकासका बारेमा पनि महत्त्वपूर्ण छलफल भएको समेत उनले बताइन्। उनले भनिन्,‘महाकाली पुल, सुख्खा बन्दरगाह र धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि समेत भारत सकारात्मक छ।’

यसअघि पटक–पटक नेपाल सरकारलाई यहाँका उद्योगी व्यवसायीले गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाका रुपमा स्तरोन्नति गर्न ज्ञापन बुझाएका थिए। यो नाकालाई निर्वाचनका बेला मात्रै उम्मेदवार तथा दलहरूले आफ्नो चुनावी घोषणा पत्रमा एजेण्डा बनाउँदै आए पनि नाकाको अवस्थामा सुधार हुन सकेको  छैन।

‘गौरीफन्टा नाका अन्तर्राष्ट्रिय नाकामा परिणत भएमा सुदूरपश्चिमले आयात–निर्यातका लागि अन्य नाकाको भर पर्नुपर्ने बाध्यता हट्ने छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्,‘यसले राजस्व वृद्धिसँगै व्यापार, व्यवसाय, पर्यटन फस्टाउनुका साथै प्रदेशको आर्थिक विकासमा सहयोग पुग्नेछ।’

धनगढीका व्यवसायीले गौरीफन्टा नाकालाई वीरगञ्ज र भैरहवाको जस्तो ठूलो भन्सार र भारततर्फको बाटो चौडा हुनुपर्ने माग राख्दै आएका छन्। गौरीफन्टा–पलिया रोडको दूरी ३८ किलोमिटर मात्रै छ। यो रोड अन्तर्राष्ट्रिय महत्वको दुधुवा नेसनल पार्कमा परेकाले चौडाइ हुन सकेको छैन। जसका कारण ठुलठुला मालवाहक सवारीसाधन चल्न सक्दैनन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार