कैलालीको चुरेका पहिरो पीडित ४ वर्ष बितिसक्दा पनि खुल्ला आकाश मुनि बस्दै

धनगढी : कैलालीको चुरे गाउँपालिका वडा ४ का पहिरो पीडित ४ वर्ष बितिसक्दा पनि खुल्ला आकाश मुनि बस्दै आएका छन् । त्यस्तै कैलालीको चुरे गाउँपालिका वडा ४,५ ६ मा आम पानी ,सिउतीका पहिरो पीडितहरू कोही भिमदत राजमार्ग त कोही चुरेको वडा ४ मा रहेको पनेरु गडा र टाँकगडामा पर्ने राष्ट्रिय वन शिवगङ्घा नदीको किनारमा अस्थायी घर टहरा निर्माण गरी बस्दै आएको करिब ४ वर्ष बितिसकेको छ ।

डिभिजन वन कार्यालय कैलालीले बल प्रयोग गरी २०७९ जेठमा अतिक्रमण जमिन खालि गराएको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताए । त्यो बस्ती वन कार्यलयले बल पूर्वक हटाए पनि पुन. ं त्यही घर टहरा निमार्ण गरी बसेका छन् । वन कार्यालयले पटक पटक बल प्रयोग गरी हटाउँदा पनि आफूहरू बस्ने बास सुरक्षित नभएकाले यस्तो जङ्गलमा बस्नुपर्ने बाध्यता रहेको सुनिता सार्कीले बताइन् ।

Dengue

गाउँपालिकाले केही समयको लागी भन्दै २४ /२५ घरहरूलाई पनेरु गडामा अर्को व्यवस्था नहुन जेल सा –साना घर टहरा बनाइ बस्न दिएको थियो । बिस्तारै त्यो बस्ती दिन दुगुना रात चौगुनाले बढ्दै ४ सय ५० घर टहरा पुगेका सब डिभिजन वन कार्यलय खैरालाका प्रमुख मनोज ढकालले बताए ।

यसरी वन कार्यलयले बल प्रयोग गरी हटाउँदा त्यहाँको विद्यालय पनि हटाएको थियो । अहिले विद्यालय छैन । वनले बल प्रयोग गरी हटाए पछि फेरी २५ घर टहरा निमार्ण गरी बसेका परिवारका बालबालिकाहरू विद्यालय जानका लागी जङ्गलको बाटो करिब १ घण्टा ३० मिनेट हिँडेर गौरीगङ्गा नगरपालिका वडा ३ को कुचैनिमा रहेको शिव नमुना आधारभूत विद्यालयमा जाने गरेको १३ वर्षीय रमेश कार्कीले बताए ।

पनेरु गडामा सानो छाप्रोमा बसेका ६० वर्षीय ललित बहादुर कार्किले ६ जनाको परिवारलाई खान लगाउन पुग्ने खेत १० कट्ठा जमिन पहिरोले पुरिएको बताए । उनले भने “ आजभोलि जङ्गलको बास भएको छ , साँझ खाए बिहान के खाऊ भएको छ , कति दिन जङ्गलमा पाइने गिठा खाएर छाक टार्न बाध्य भएका छौ । ”

वन कार्यलयले बल पुबर्क हटाउँदा पालिकाले दिएको त्रीपालसगैं सरसामान पनि लगेको चुरे गाउँपालिका वडा ६ का पहिरो पीडित विष्णु महराले बताए । अहिले बर्सातको समयमा यस्तो जङ्गलमा बस्दा घर छाप्रा माथि रुख ढलेर च्यापिन्छ कि , वन्यजन्तुको ओहोरदोहोर गर्ने मार्ग भएकाले केही घट्ना हुने हो कि भन्ने त्रासले राती निदाउन नसकिने पार्वती सार्की बताइन् ।

चुरे गाउँपालिकाका बाढी पीडितहरू एक सय १६ घर परिवार हाल पनि वन कार्यालयले पटक पटक उठाउँदा पनि फकाउँदा पनि त्यही ठाउँमा बसेको चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले भने “हामीले पुरानै ठाउँ तथा चुरेमा व्यवस्थापन गर्छौ भनेको उहाँहरू फर्किन मन गर्नु भएको छैन । बोगटीले भने स्थानीय पालिकासँग ती बाढीपीडितको व्यवस्थापनका सामुदायिक वनको जमिन ,राष्ट्रि«य वनको जमिन , सार्वजनिक जमिनमा राख्ने अधिकार छैन ।

स्थानीय पालिकाले व्यवस्थापनको प्रदेश सरकार , भूमि आयोगसगं पटक पटक समन्वय , परामर्श गरिएको भए पनि यी बाढी पीडितको व्यवस्थापन गर्न कतैबाट चासो देखिएको छैन ”बोगटीले भने । बाडीपीडितहरू आफै आफूहरूको व्यवस्थापन गरिँदिन भन्दै मुख्यमन्त्री कार्यालय सम्म विभिन्न सहर्षका कार्यक्रमहरू ३ दिन सम्म भोक भोकै आफूहरूको व्यवस्थापन लागी आन्दोलन समेत गरिएको चुरे बाडीपीडित सघर्ष समितिका अध्यक्ष टीकाराम कार्की बताए ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले ती वन अतिक्रमण गरी बनाएका घर टहराहरू हटाई त्यो स्थानमा वन कार्यालयले सरक्षणका लागि तारबार गरी वृक्षारोपण गरिएको छ तर केही बाडीपीडितहरू अझै पनि त्यही जङ्गलमै घर टहरा बनाइ सकेका छन् । ती घर टहरा वन कार्यालयले जुनसुकै बेलामा उठाउन सक्ने कँडेलले बताए ।

यी त प्रतिनिधि पात्र मात्रै हुन दुवै बस्तीका , गिरि घाट खोलामा रहेको बस्तीले २ पटकको र पनेरुगडामा रहेका पहिरो पीडित बस्तीले १ पटक सघिय , प्रदेश र स्थानीय तहका निर्वाचन देखि सके , निवाचर्नको समयमा राजनीतिक दलका सबै नेताहरू भोट माग्न पुगे । निवाचर्नको समयमा राजनैतिक दलले आफ्नो घोषणा पत्रमा सुकुम्वासीको व्यवस्थापन नै मुख्य एजेन्डा बनाएको पत्रकार गोविन्द के सी बताए ।

चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले यो पहिरो पीडितका लागी पालिका एक्लै केही गर्न नसक्ने प्रदेश र सघिय सरकारको सहयोग पाए समन्वय गरेर सुरक्षित ठाउँमा राख्न सकिने बताए । यसरी उनीहरू भन्छन् सघीयता पछि गाउँ गाउँमा सिंहदरबार आउँछ भन्थे त्यो हामीले यसरी जङ्गलमा बसेको १० वर्ष बिती सक्ता पनि कुनै अनुभूति गर्न पाएका छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार