प्रकाश तामाङलाई नागरिकता दिन प्रधानमन्त्री को निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयपछि परिवार भेट्न पाएका भोजपुरका प्रकाश तामाङलाई केही दिनभित्रै नागरिकता दिलाउने व्यवस्था मिलाइएको बताएका छन्।

‘हेर्ने कथा’मा प्रकाश सानैमा हराएर ३ दशकभन्दा बढी समयदेखि परिवारसँग बिछोडिएको दुखद घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो।

SHIKHAR COOL TECH

अनुमानित ४० वर्ष पार गरिसकेका प्रकाशको अहिलेसम्म नागरिकतासमेत नरहेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले सुरुमा उनलाई नागरिकता दिलाउने पहल थालेका हुन्।नागरिकता भए मात्र उनको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पहिले नागरिकता बनाइदिन लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ’, ओलीले भनेका छन्।ओलीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनलाई तुरुन्तै नागरिकता दिलाउने प्रक्रिया अघि बढाउन आफूले मंगलबार राति १० बजे गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताएका छन्।

‘उहाँले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार