धनगढीको शिवपुरीमा दुईदिने गौरा तथा तीज महोत्सव हुँदै

धनगढी : कैलालीको धनगढीमा शिवपुरी गौरा तथा तिज महोत्सव हुने भएको छ। भदौ १३ र १४ गते शिवपुरी धाममा महोत्सव हुने भएको हो। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शिवपुरी उत्तर रामेश्वरम् धाम, शिवपुरी नारी जागरण मञ्च, राष्ट्रिय संगीतकर्मी संघ र सुप कला प्रतिष्ठानको सह–आयोजनामा महोत्सव हुने भएको हो। मङ्गलवार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी गराइएको छ।

महोत्सवको आयोजना गर्नुको प्रमुख कारणहरू लोप हुँदै गएका कला र संस्कृतिको जगेर्ना गर्नु हो । यस महोत्सवले हाम्रा कला संस्कृति को जगेर्नाका साथै हाम्रो कला र संस्कृतिलाई अझै बचाइ राखौं भन्ने हो। महोत्सवमा सुदूरपश्चिमका सबै जिल्लाको मौलिक गौरा प्रदर्शन गरिनुका साथै तिज गीत गायन प्रदर्शन हुनेछ।

Dengue

सुदूरपश्चिमका फरकफरक ठाउँमा केही भिन्न तरिकाले गौरा खेल हुने भएकाले ती सबैको संरक्षण र प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिन लागेको सुप कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरूले बताए।

उनले गौरामामा खेलिने र गाइने चैत, फाग, धुमारी र ढुस्को प्रदर्शन गरिने आयोजकले जनाएको छ। गौरा तथा तिज महोत्सव शिवपुरी धाममा हरेक वर्ष आयोजना गर्ने शिवपुरी धामका कार्यबाहक अध्यक्ष योगेश मल्लले बताए। उनले भदौ १३ गतेसम्म महोत्सवमा सहभागी हुन समूह दर्ता गर्न सकिने बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार