सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका छापावाल सुन प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।   

यसअघि ५ भदौमा सुन तोलामा १ लाख ५३ हजारमा कारोबार भएको थियो । आज मंगलबारको तुलनामा तोलामा ८ सय रुपैयाँले बढेको छ । मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।   

Dengue

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । मंगलबार १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८५५ रुपैयाँ तोकिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार