बागमती प्रदेशसभा समितिको बैठक आज (बुधबार) बस्दै

काठमाडौँ : बागमती प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिको बैठक  आज (बुधबार) बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

विगत एक वर्ष देखि विचाराधीन विधेयकमाथि छलफल गर्न बैठक आह्वान गरिएको हो । विभिन्न कारणले सो समितिको बैठक सञ्चालन हुन नसक्दा २०८० असोजमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अड्किएको छ ।

Dengue

सत्ता समीकरण, सरकार परिवर्तन र बजेटका कारण सो समितिको बैठक सञ्चालन तथा विधेयक माथिको छलफल अघि बढ्न सकेको थिएन । प्रदेशसभा सञ्चालनको बखतमा बसेको सो समितिको बैठकले ३० दफा रहेको हस्तकला ग्राम सम्बन्धी विधेयकको ९ वटा दफाको दफावार छलफल गरेको छ । बैठक आह्वान नहुँदा विधेयकको अन्य दफावार छलफल र संशोधन प्रस्तावले गति लिन सकेको छैन ।

समितिको आज बस्ने बैठकले सो विधेयकको दफा छलफल र संशोधन प्रस्ताव टुङ्ग्याउने तयारी गरेको छ । सो विधेयकका विभिन्न दफा उपर ५ सांसदले २० वटा संशोधन दर्ता गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार