धनगढी : सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन् ।
उनले ५३ मत मात्रै पाएका थिए । उनी नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता पनि हुन् । ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।
जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्