ब्राजिलको विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र

काठमाडौं : ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ । ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ ।

ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र भए पुष्टि गरेर प्रवेश आज्ञा लिएर मात्रै ब्राजिल छाड्न आग्रह गरेको छ । 

Dengue

मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अबैध बाटो हुँदै अमेरिका हिंडेका १७६ नेपालीसहित झन्डै सात सय आप्रवासी एक सातादेखि ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन् ।

ब्राजिलस्थित नेपाली दूतावासले आज जारी गरेको एक विज्ञप्तिमा अलपत्र परेका सबै नेपाली सकुशल रहेको उल्लेख छ । ब्राजिलको नियन्त्रणमा रहेका नेपालीहरुले ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्नेहरुको संख्या बढ्दै गएपछि ब्राजिलले आप्रवासन नीतिमा परिवर्तन गरेको छ ।

ब्राजिलले राहदानीबाहकलाई प्रवेशआज्ञा लिएको भएमात्र ब्राजिलमा प्रवेश अनुमति दिने नियम ल्याएको दुताबासले उल्लेख गरेको छ । ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोहि विमानमार्फत फिर्ता पठाइने तर विमास्थलमा शरणार्थीको मान्यता नदिने कानुन ल्याएको छ । 

सोहि परिवर्तित कानुनका कारण यसपटक करिब सात सय आप्रवासी विमानस्थलमै अलपत्र परेका हुन् । तस्करको प्रलोभनमा अमेरिका छिर्नेक्रममा ब्राजिल पुगेका उनीहरुलाई केही दिनभित्र ब्राजिलले सम्बन्धित देशमा फिर्ता पठाउन सक्ने देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार