थुनिएकी मोडलको एआईजीसँग कनेक्सन

काठमाडौं : अस्ति आपराधिक उपद्रव गरेको अभियोगमा मोडेल सपना लामिछाने पक्राउ परिन्। उनै पक्राउ परेकी मोडेल सपनाको विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।

हालसम्मको अनुसन्धानमा उनको मोबाइलमा प्रहरीका एआईजीसँग पनि सपनाको गोप्य सम्बन्ध रहेको खुलेको छ। जसमा केही गोप्य म्यासेज तथा च्याटहरु प्रहरीले फेला पारेको जनाएको छ।

Dengue

शुक्रबार उनी राजधानीबाट पक्राउ परेकी थिइन्। प्रहरी स्रोतका अनुसार लामिछाने र ती बहालवाला एआईजीबीच ‘स्न्याप च्याट’मार्फत् निरन्तर अश्लिल संवाद भएको छ।

उनीहरुबीचको स्न्याप च्याटमा अश्लिल तस्बिरहरु आदानप्रदान पनि गरिएका छन्। सोही कारण उनीहरुबीच अन्तरंग सम्बन्ध रहेको पुष्टी हुन्छ।

यसअघि बस्नेत थरका एक युवकलाई बलात्कारको मुद्दा लगाएकी लामिछाने पछिल्लो समय सिर्जना बस्नेतको जाहेरीले पक्राउ परेकी हुन्। लामिछाने सिर्जनाको गाडी फुटाएको आरोपमा पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रविन्द्र पौडेलले जनाए। उनले अनुसन्धान जारी रहेकोले थप बोल्न नमिल्ने बताए।

लामिछानेलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार ५ दिनको म्याद थप गरी अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको थियो।

शुक्रबार प्रहरीले पक्राउ गर्नुअघि सपनाले सामाजिक संजाल फेसबुकमा लाइभ गरेर ‘बलात्कार मुद्दा दबाउन प्रहरीले पक्राउ गरेको’ आरोप लगाएकी थिइन्। उपत्यका प्रहरी कार्यालयबाट लाइभ गरेर उनले भनेकी छन्,‘एआईजी किरण बज्राचार्यले मलाई बोलाउनुभो अनि, मेरो अर्को मुद्दा दबाउन पक्राउ गरिएको छ।’

पक्राउ पुर्जी आएको थाहा पाएपछि छाड्न नमिल्ने भएको हुनाले महाराजगञ्जको टोली बोलाएर जिम्मा लगाएको एआईजी किरण बज्राचार्यले बताएकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार