साफ यु २० : फाइनल खेलमा बुधबार नेपाल र बङ्गलादेश भिडदै !

काठमाडौं : साफ यु २० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बङ्गलादेश भिडदैछन् । फाइनल खेल सातदोबाटो स्थित एन्फा कप्लेक्समा दिउसो साढे दुई बजे सुरु हुनेछ । नेपाल र बङ्गलादेश दुवै टोली पहिलो पटक साफ यु २० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन् ।

फाइनल अघि मंगलबार एन्फा कप्लेक्समा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली यु २० राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले फाइनलको तयारी निकै राम्रो भइरहेको बताए । उनले बंगलादेशसंग समूहचरणमा निकै राम्रो खेल खेलेको भन्दै फाइनलमा पनि बलियो रणनीतिका साथ मैदान उत्रने धारणा राखे ।

Dengue

त्यस्तै नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसअघिका सबै खेलका साथै अभ्यासपनि एन्फा कप्लेक्समा भएका कारण फाइनल सोही मैदानमा खेल्न थप सहज हुने बताए । फाइनलको दबाब झेल्न नेपाली टिम तयार रहेको उनको भनाइ छ ।

त्यस्तै बंगलादेशका कप्तान र प्रशिक्षकले पनि फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । समूह चरणमा दुवै टोली समूह ए मा रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार