सेयर बजार १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा कायम

काठमाडौँ : आज सेयर बजार १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा भारी गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ ।आज कम्पनीको ६५ करोड ४२ लाख ९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ५१ करोड ७५ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन अरुण भ्याली हाइड्रोपावरको ४५ करोड ६३ लाख ५२ हजार रुपैयाँ, नेपाल फाइनान्सको ४१ करोड ५५ लाख ८९ हजार रुपैयाँ निफ्राको ३३ करोड ४६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार