‘तेल भिसा’ को पहिलो गीत ‘हरि नाम झैं’ सार्बजनिक

काठमाडौँ : शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल भिसा’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक ‘हरि नाम झैं’ बोलको गीत सार्बजनिक गरिएको हो । कल्याण सिंहको संगीतमा तयार भएको गीतमा हर्क साउदको शब्द रचना छ भने निशान भट्टराई र समीरा थपलियाको गायन छ ।

गीतमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती प्रस्तुत छन् । विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा छन् । छोरा (विपिन कार्की)को सन्तान हुन लागेपछि नेपालबाट आमा (पूजा चन्द) अमेरिका पुगेपछिको अवस्थालाई गीतमा देखाइएको छ । गीतको अन्त्यमा पूजालाई अमेरिकी प्रहरीको नियन्त्रणमा देख्न सकिन्छ ।

Dengue

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्की निर्माता तथा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्मातामा छन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन तथा अजय खड्काको सम्पादन छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार