अमेरिकामा मनाइयो गौरा, घन्कियो नन्दकृष्णको देउडा

एनेन्सी : अमेरिकाको विस्कान्सिन राज्यस्थित मिल्वाकी सहरमा वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीको देउडामा त्यहाँ रहेका नेपालीहरू झुमेका छन् ।

गौरा समाज विस्कान्सिनको आयोजनामा सोमबार मिल्वाकी सहरस्थित हिन्दु मन्दिर परिसरमा गौरा पूजन तथा देउडा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा वरिष्ठ देउडा गायक जोशीको आफ्ना आधा दर्जन देउडा गीत प्रस्तुत गरेका थिए ।

Dengue

‘ओ बाँझ झुमरेली बाज,’ ‘झुम्के डाली’मालगायत चर्चित देउडाहरूमा स्थानीय नेपालीहरूलाई झुमाएका थिए । जोशीले गीत गाउँदा देउडा खेलको समेत रौनक बढेको थियो ।

गौरा सुदूरपश्चिमवासीले मनाउने प्रमुख चाड हो । विस्कान्सिन राज्यको मिल्वाकी शहरमामात्रै सय बढी सुदूरपश्चिमेली परिवारहरू रहेको आयोजक गौरा समाजका संयोजक वासुदेव जोशीले बताए । स्थानीय पण्डित जगदीश आचार्यले महिलाहरूलाई गौरा माताको पूजन गराएका थिए । गौरा पूजनपछि देउडा गायक जोशीले मनोरञ्जित पारेका थिए ।

झन्डै ६ घण्टा चलेको सांस्कृतिक कार्यक्रममा एनआरएनए विक्वान्सिनका अध्यक्ष राजकुमार हमाल, नेपाली कांग्रेस विश्व संञ्जालका अध्यक्ष विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति विस्कान्सिनका अध्यक्ष राजेन्द्र ओझा९राजु०, अमेरिकाका सल्लाहकार वासुदेव अधिकारी, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष तिलक केसी, एनआरएनए विक्सान्सिनका उपाध्यक्ष भीमसेन थापा, युवा व्यवसायी तथा समाजसेवी डिल्लीराज फुलारा, मिल्वाकी नेपाली फुटबल क्लबका अध्यक्ष समीर फुयाँल, गौरा समाजका सदस्य अनिल विष्ट, व्यवसायीहरू हेमराज शर्मा, तर्क ओझा, लोकराज भट्ट, मानव अधिकारी तथा समाजसेवी नरेन्द्र रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

गौरा समाजले सन् २०१६ देखि निरन्तर रुपमा गौरा पूजन तथा देउडा कार्यक्रमको आयोजना गर्दै आएको समाजसेवी तथा व्यवसायी गोविन्द फुलाराले बताए । फुलाराले परदेशमा हुने यस खाले सांस्कृतिक कार्यक्रमले संस्कृतिको जगेर्ना हुनुका साथै नेपालीहरूबिच भाइचारा र एकता कायम गर्न मद्दत मिल्ने बताएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार