सुदूरपश्चिम सरकार घुमाउरो बाटोबाट सांसदलाई रकम छुट्याउदै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ । सर्वोच्च अदालतको आदेशका कारण विगतमाझैं निर्वाचन क्षेत्र विकास कार्यक्रम ल्याउन नपाउने भएपछि प्रदेश सरकारले सांसदहरूका योजनालाई बजेट छुट्याउन लागेको हाे ।

सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबरका योजनाको सिफारिस माग गरेको छ । गत असार १ मा बजेट ल्याएका अन्य प्रदेशले पनि यही शैलीमा सांसदहरूका योजनालाई बजेट विनियोजन गरेका थिए । भदौ १५ भित्र बजेट ल्याउने तयारी भइरहेको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । यसअघि जेठमा तयार गरिएको बजेट कार्यक्रमलाई मन्त्रालयहरूले पुनर्लेखन गरिरहेका छन् ।

Dengue

सुदूरपश्चिम ५३ सदस्यीय प्रदेशसभामा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक सांसद छन् । प्रत्यक्ष निर्वाचित सांसदका लागि १ अर्ब २८ करोड र समानुपातिकका लागि ४२ करोड छुट्याएर सांसदहरूका योजना समावेश गर्ने तयारी भइरहेको सत्तारूढ दलका एक सांसदले बताए । उनका अनुसार सरकारले सांसदहरूको सिफारिसका योजना राख्ने निर्णय गरे पनि रकम न्यून भएको भन्दै उनीहरू असन्तुष्ट छन् ।

मन्त्री र सांसदनिकट नेता–कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधिलगायतका व्यक्ति पनि योजना मागका फाइल बोक्दै मन्त्रालय धाइरहेका देखिन्छन् । मन्त्रीहरू भने सांसद र कार्यकर्ताको दोहोरो दबाबमा रहेको बताउँछन् । ‘सीमित बजेट छ, माग अत्यधिक छ,’ सामाजिक विकासमन्त्री मेघराज खड्काले भने, ‘निकै धेरै दबाब छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार