२० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल खेल एन्फा मैदानमा हुने

काठमाण्डौ : २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल खेल सातदोबाटोमा रहेको एन्फा कप्लेक्समा हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले हिजो सामाजिक सञ्जालमार्फत नेपाल र बङ्गलादेशबीचको फाइनल एन्फामा हुने जानकारी दिएको हो ।

यसअघि एन्फाले फाइनल खेल दशरथ रङ्गशालामा हुने जनाएको थियो । तर पानी परिरहेकाले मर्मत भइरहेको दशरथ रङ्गशालाको काम प्रभावित भएपछि त्यहाँ फाइनल खेलाउने सम्भावना नरहेको एन्फाले जनाएको छ । फाइनल खेल भोलि बुधवार साढे २ बजे शुरू हुनेछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार