व्यवस्थित बन्यो गोदावरी आर्यघाट, सहज भयो अन्त्यस्टि कर्म (फोटो फिचर)

भक्तराज जोशी

कैलाली । कैलालीको गोदावरी नदीमा आर्यघाट व्यवस्थित गरिएको छ । गोदावरी नगरपालिका-४, गोदावरीको आर्यघाट व्यवस्थित गरिएको हो ।

विगतमा गोदावरीमा लगिने शवको अन्तिम संस्कार जथाभावी गरिने गरेको भए पनि अहिले भने दाहसंस्कारको लागि व्यवस्थित आर्यघाट तयार गरिएको छ ।

Dengue

गोदावरीमा उक्त आर्यघाट  शिघ्र प्रभाव परियोजना अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा नेपाली सेनाबाट विनियोजित बजेटबाट श्री देवीदाल गणले निर्माण गरेको हो । आर्यघाटमा अन्त्यस्टि कर्मका लागि शवदाह गृह पुरा सेट-१ (एक), शवदाह गृहमा ट्रस्टको छाना-१ (एक) र एउटा विश्राम स्थल निर्माण गरिएको छ । 

गोदावरीमा व्यवस्थित आर्यघाट तयार भएपछी मृत्यु प्रश्चातको अन्तिम संस्कारमा निकै सहज भएको स्थानीयहरुले बताएका छन ।

हाल गोदावारि नगरपालिकाको रहोबरमा रहेको उक्त आर्यघाटमा शव जलाइसकेपछि बाँकी रहेका दाउरा, कोइलाहरु उठाई खोलामा लगेर शव जलाउने ठाउँ सफा गर्न पनि आग्रह गरिएको छ । थप फोटो फिचरमा हेर्नुहोस्: 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार