अछाम : अछाममा दुई जना चट्याङ लागेर घाइते भएका छन्।
घाइते हुनेमा जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्देवासिनी धामीगाउका ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी रहेका छन्।
तुलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्