हजुरआमाको हत्या आरोपमा २८ वर्षीय नाति पक्राउ

हेटौंडा : हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय नाति प्रवीन विश्वकर्मालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-११ पाथीभरा मन्दिर नजिक घर भएकी ७१ वर्षीया ठूलीमाया विश्वकर्माको घरको कोठामा नै मृत अवस्था प्रहरीले फेला पारेको थियो ।

स्थानीयले खबर गरेपछि प्रहरी घरमा पुग्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो । मृत ठूलीमायाको दुवै कानबाट रगत बगेको थियो । उक्त घरमा नाति प्रवीन र हजुर आमामात्र बस्दै आएका थिए ।

Dengue

प्रारम्भिक अनुसन्धानको क्रममा नातिले हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ । नाति प्रवीन मादक पदार्थ सेवन गरेर हजुरआमासँग बेला-बेलामा झगडा गर्ने गरेको छिमेकीहरुले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार