हेटौंडाको एक होटलमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला

हेटौंडा : हेटौंडा उमपहानगरपालिका–१० बसपार्कस्थित एक होटलमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका–११ सरस्वती टोलकी ३० वर्षीया एलिसा न्यौपानेको होटलको कोठामा रगताम्मे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार अपरान्ह ४ बजेतिर उनी त्यस होटलमा एक युवकसहित पुगेको बताइएको छ ।

Dengue

न्यौपानेसँगै आएका युवक भने बेलुका ८ बजेतिर नै कोठाबाट भागेका थिए । युवकले युवतीलाई २ वटा बियरका बोतलसहित धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेको प्रहरीले जनाएको छ । सोमबार बिहान अबेरसम्म पनि उक्त कोठा नखुलेपछि होटलवालाले प्रहरी र वडाध्यक्ष डाकेर कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् ।

युवकको पहिचान भने खुल्न सकेको छैन । होटलमा युवकले आफ्नो नाम र मोबाइल नम्बर गलत लेखाएको देखिन आएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार