समाचार प्रभाव: ७ दिनभित्र बसपार्क सफा गर्न एनके कन्स्ट्रक्सनलाई ठाडो निर्देशन 

भक्तराज जोशी

कैलाली । धनगढी उपमहानगरपालिकाले बसपार्क सफा गर्न निर्देशन दिएको छ । 

आइतबार एनके कन्स्ट्रकसनको नाममा पत्र लेख्दै नगरपालिकाले धनगढी-४ स्थित बसपार्क सफा गर्न निर्देशन दिएको हो ।  

Dengue

धनगढी उपमहानगरपालिकाका अनुसार बसपार्कमा सवारी साधन पार्किङ्ग शुल्क र बसपार्क टर्मिनल भवनको तत्लो तला संचालनका लागि अमरगढी-६ डडेल्धुराको एनके कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । 

२०८१ असार २८ गते कन्स्ट्रक्सन र उपमहानगरपालिकाबीच भएको सम्झौतामा बसपार्क क्षेत्रभित्रको शौचालय, खानेपानी, सरसफाई तथा हरियाली व्यवस्थापन गर्ने जिम्मा दोस्रो पक्ष (एनके कन्स्ट्रक्सन) को भएको उल्लेख छ ।

तर, सम्झौताको शर्त नम्बर १४ अनुसार एनके कन्स्ट्रक्सनले बसपार्क सरसफाईमा लापरवाही गरेपछि उपमहानगरपालिकाले सचेतसहित बसपार्क सफा गर्न निर्देशन दिएको छ ।

योसंगै अब एनके कन्स्ट्रक्सनले आगामी ७ दिनभित्र बसपार्कभित्रको शौचालय, खानेपानी, सरसफाई तथा हरियाली व्यवस्थापन गर्नुपर्नेछ ।   

यसअघि बसपार्कको अव्यवस्थित फोहोर, शौचालय र खानेपानीको हविगतबारे कल २४ न्युजले समाचार सार्वजनिक गरेको थियो ।

त्यसलगत्तै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको निर्देशनमा बसपार्क संचालन तथा सरसफाईको जिम्मा पाएको एनके कन्स्ट्रक्सन लाई ७ दिनभित्र बसपार्क सफा गर्न निर्देशन दिइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार