नेप्सेमा साताको कारोबारको पहिलो दिन ७९.८८ अंकले घट्यो !

काठमाण्डाै : शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ विन्दुमा झरेको छ । ‘प्रि–ओपनिङ’ मा सामान्य बढेको नेप्से बजार बन्द हुने बेलामा उच्च अङ्कले घट्यो ।

आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, जलविद्युत्, होटल, फाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

Dengue

आज मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० अङ्कले घटेको छ । बजार ओरालो लागेको दिन विन नेपाल, उपकार र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज तीन सय ३३ वटा कम्पनीका चार करोड २६ लाख कित्ता शेयर १९ अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै अपी पावर कम्पनीको ८४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार