भारतमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २५ जना घाइते

काठमाण्डाै : भारतको बिहार राज्यको समस्तीपुरमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

बारा जिल्लाबाट बोलबम तीर्थयात्री बोकेर देवघरतर्फ जाँदै गरेको ना ७ ख ६४४६ नम्बरको बस आज बिहान समस्तीपुरको एनएच–२८ राजमार्गमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Dengue

तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा सडकमा पल्टिएको थियो । बसमा ४३ जना यात्रु रहेका खबरमा उल्लेख छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार