बंगलादेशमा बाढीका कारण १८ जनाको मृत्यु

एजेन्सी : बंगलादेशमा बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुगेको अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्रको पछिल्लो दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण झन्डै ५० लाख मानिस प्रभावित भएका छन् ।

बाढीले बाढी प्रभावित सात जिल्लामा १८ जनाको ज्यान गएको प्रतिवेदनले देखाएको छ । भारी मौसमी वर्षाका कारण आएको बाढी र भारतीय सीमानाका पहाडबाट आएको पानीको बहावले सडकहरू बगाएपछि अधिकारीहरूले अझै पनि दक्षिणपूर्वी र उत्तरी जिल्लाहरूमा आपूर्ति गर्न संघर्ष गरिरहेका छन् । बाढीले उत्तरी र दक्षिणपूर्वी क्षेत्रका विशाल क्षेत्रहरूमा घर र बालीमा व्यापक क्षति पुयाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार