बैतडीका भट्टलाई उपचार गराउनै सकस

बैतडी : बैतडीको मेलौली नगरपालिका २ रौतगाउँ घर भएका रामदत्त भट्टको उपचारमा आर्थिक अभाव भएको छ । गत वैशाखमा हर्नियाको अप्रेशन गरेका भट्टको साउनको महिना पिसाब नलीको पत्थरीको अप्रेशन गरिएको थियो ।

पत्थरीको अप्रेशनपछि भट्टलाई एक्कासी उच्च ज्वरो आएपछि धनगढीमा आइसियुमा राखेर उपचार गरिएको थियो । अत्तरिया हस्पिटल धनगढीमा भट्टको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अहिले बीर अस्पताल काठमाण्डौंमा उनको उपचार भइरहेको छ । भट्टको मृगौलामा समस्या आएको उपचारमा संलग्न चिकित्सकले बताएको उनका भतिजा नारदप्रसाद भट्टले बताए ।

Dengue

आर्थिक अवस्था कमजोर भएका भट्टको घरबाट उपचार गर्न नसकिने अवस्था भएपछि सहयोग अभियान सञ्चालन गरिएको भट्टले बताए । अहिलेसम्म ऋण काढेर उपचार भइरहेकोमा ऋण समेत नपाउने स्थिती भएपछि सहयोग अभियान सञ्चालन गरिएको भट्टले बताए ।

रामदत्त भट्टको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले दिजराज भट्टको कुमारी बैंकमा रहेको खाता नम्बर २१५०१७८९७५२००००१ र मोबाइल नम्बर ९८६८८७७८०३ मा रकम जमा गर्न सक्नेछन् । यस्तै भारतबाट सहयोग गर्न चाहने महानुभावहरुले थानेश्वर भट्टको नाममा रहेको खाता नम्बर ७६२२२७६४०६ मा रकम जमा गर्न सक्नेछन् ।

मनकारीहरुको सानो सहयोगले भट्टको जीवन रक्षामा सहयोग पुग्ने भएकाले सबैसंग सहयोगका लागि अपिल गरिएको बताइएको छ । पैसाको अभावमा भट्टको मृगौलाको अप्रेशन रोकिएको उनका आफन्तले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार