डडेल्धुरा भलिबल संघको ‘कविता भट्ट जिताउ अभियान’ सञ्चालन

डडेल्धुरा : डडेल्धुरा भलिबल संघले ‘कविता भट्ट जिताउ अभियान’ सञ्चालन गरेको छ। पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबलकी राष्ट्रिय खेल भलिबलकी भट्टलाई जिताउन अभियान सञ्चालन गरिएको संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले जानकारी दिए । 

‘डडेल्धुराको छोरी राष्ट्रिय महिला भलिबल खेलाडी कविता भट्टलाई पल्स स्पोर्टस अवार्डमा जिताउनका लागि तपाईं हामी सबैको सहयोग आवश्यक रहेको छ,’ ठगुन्नाले भने, ‘तपाईंको सानो सहयोगले कबिता भट्ट जिताउन ठूलो सहयोग पुग्ने छ । डडेल्धुरा भलिबल संघले कविता भट्ट जिताउ अभियान संचालन गरेको छ । डडेल्धुरा लगायत सुदूरपश्चिमका सम्पूर्ण भलिबल प्रेमिहरुलाई सहयोग गरिदन हुन हार्दिक अपिल गर्दछौं ।’ भट्टको घर डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ भात्काडा हो । 

Dengue

विभागीय टोली एपिएफबाट घरेलु भलिबल खेल्ने राष्ट्रिय खेलाडी भट्ट नेपालले हालै त्रिपुरेश्वरमा सम्पन्न काभा महिला नेसन्स लिगमा दोस्रो स्थान हासिल गर्दा टिमकी महत्वपूर्ण सदस्य थिइन् । अघिल्लो वर्ष यही प्रतियोगितामा कांस्य पदक जित्दा पनि टिममा रहेकी उनले चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

गतवर्ष एपिएफले ढोरपाटन महिला डबल लिग, केएनपी राष्ट्रिय महिला च्याम्पियनसिप तथा टाइगर कपमा उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण थियो । केएनपी च्याम्पियनसिपमा उत्कृष्ट सर्भर भएकी उनी गएको वर्ष एपिएफ एनभिए कपमा उपविजेता बन्दा उत्कृष्ट ब्लकर चुनिएकी थिइन् ।

खेलप्रेमीले इ–सेवामा गरेको मतको मतभार ५० प्रतिशत, फेसबुकमा गरेको मतको भार २५ प्रतिशत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२।५ प्रतिशत हुने मञ्चका महासचिव एवं अवार्डको खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार