भोली (सोमबार) धनगढीले श्री कृष्ण जन्माष्टमी महामहोत्सव मनाउँदै

धनगढी : धनगढीमा भोली (सोमबार) ऐतिहासिक श्री कृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ ईस्कोन नेपाल धनगढी शाखाले उक्त महामहोत्सव आयोजना गर्न लागेको हो । 

कार्यक्रमको मूल समारोह दिउँसो २ बजे देखि हुने छ। त्यस्तै रातिको १२ बाजेसम्म भजन कीर्तन, लीला प्रवचन, नाटक, नृत्य, दीपदान, महाअभिषेक र सांस्कृतिक कार्यक्रम रहने कार्यक्रम संयोजक श्रीवासआदि दासले बताउनु भयो ।

श्रीकृष्ण जन्माष्टमी जस्ता पर्वहरू मनाउनु धर्म संस्कार तथा संस्कृतिको रक्षा गर्नु मात्र नभएर समाजमा सकारात्मक परिवर्तन तथा युवाहरुलाई विकृति विसंगतिबाट बचाइ सहि मार्ग निर्देशनले समग्र देश विकासको महत्त्वपूर्ण कोशेढुङ्गा बन्ने छ  भन्ने भावना राखेर यस धार्मिक उत्सव आयोजना गर्न लागेको ईस्कोन धनगढीका सचिव  शुकदेव गोस्वामी दासले बताउनु भयो  । 

Dengue

ईस्कोन धनगढीले सुदुर पश्चिममा विभिन्न वैदिक संस्कृति तथा परम्परा को संरक्षण हेतु विभिन्न उत्सव,पर्व तथ दैनिक रूपमा आध्यात्मिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार