कोशी, बागमती र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं : आज देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको पाइएको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आइतवार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘कोशी, बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।’

Dengue

राति कोशी, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । 

‘कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ सूचनामा जनाइएको छ, ‘कोशी र मधेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।’

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको पाइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार