अछाममा कार्यरत एकजना प्रहरी सहायक हवल्दारको डिउटीकै क्रममा निधन

धनगढी : जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एकजना प्रहरी सहायक हवल्दारको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङ अपराध नियन्त्रण तथा अनुसन्धान समुह दरबन्दी भई अछाममा कार्यरत प्रहरी सहायक हवल्दार टंक बहादुर बोहराको निधन भएको हो ।

Dengue

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नागरिक सहायता कक्षमा डिउटीमा खटाइएको थियो । तर उनी डिउटीकै क्रममा साढे दुई बजेको समयमा अचानक बेहोस भएका थिए ।

तत्काल उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा उपचारका लागि लगिएको थियो । तर उपचारकै क्रममा सवा ३ बजे निधन भएको अछाम प्रहरीले जनाएको छ । उनको घर मंगलसेन नगरपालिका वडा नम्बर ८ ओलिगाँउ हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार