सिन्धुलीको सुनकोशी नदीमा खस्यो जिप

काठमाडौं : सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ मा एउटा जिप सुनकोशी नदीमा खसेको छ ।

काठमाडौंतर्फ आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गको कुँडुले भन्ने ठाउँबाट सुनकोशी नदीमा खसेको थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काका अनुसार उक्त जिपमा ४ जना सवार रहेको र एक जना हामफालेर बाहिर निस्केको जानकारी प्रहरीले पाएको छ ।

Dengue

हामफालेर बाहिर निस्केका व्यक्तिको खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ३ जनाको अवस्था अहिलेसम्म थाहा नभएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएपछि सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट १० जनाको टोली खोजीमा खटिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार