अछामको साँफेबगर विमानस्थल पूर्णरुपमा बन्द !

अछाम : अछामको साँफेबगर विमानस्थल ५ महिनादेखि पूर्णरुपमा बन्द भएको छ । २०७५ जेठमा परीक्षण उडान सफल भएर केही समय नियमित रुपमा चलेको विमानस्थल फेरि बन्द भएको हो । चैतको अन्तिम साता समीट एयरको अन्तिम उडान भएपछि ५ महिनादेखि एयरपोर्ट पूर्णरुपमा बन्द छ ।

समीट एयरलाइन्सले ठेक्का प्रक्रियामा गएर करिब ५ वर्षदेखि साँफेबगर-धनगढी र साँफेबगर-नेपालगंज उडान गरिरहेको थियो । तर चैतबाट पहिले ठेक्का लिएर चलाएकोले छोडेपछि अर्को ठेक्का लिन मान्छे नभेटिएकाले नियमित उडान हुन नसकेको समीट एयरलाइन्स साँफेबगरका सम्पर्क व्यक्ति विजय कुवँरले बताए ।

Dengue

‘समीट एयरले चार्टर फ्लाइटबाट उडान गरिरहेको थियो । कुनै व्यक्तिले ठेक्कामा लिने र उसैले उडाउने गरेर यहाँ चलिरहेको थियो,’ उनले भने , ‘अहिले ठेक्का लिने व्यक्ति नपाएकाले रोकिएको छ । ’ समीट एयरलाइन्सले साँफेबगरदेखि धनगढीसम्मको १७ मिनेटको हवाइ दुरीमा प्रति व्यक्तिबाट ५ हजार भाडा लिने गरेको थियो ।

नेपाल एयरलाइन्सले साँफेबगरमा कार्यालय स्थापना गरेर केही समय धनगढी र नेपालगञ्जसम्म हवाइसेवा दिए पनि नियमित हुन सकेन । अहिले साँफेबगरमा रहेको नेपाल एयरलायन्सले कार्यालय नै उठाइसकेको छ । नेपाल एयरलायन्स र समीट यएरलाइन्स गरी दुई वटा संचालन भएका बेला यात्रुले पनि सस्तोमा यात्रा गर्न पाएको साँफेबगरका स्थानीय डण्डी भट्टले बताए ।

समीट एयर र नेपाल एयरलाइन्स दुवै चलिरहेको बेला साँफेबगरदेखि धनगढीसम्म भाडादर पनि घटेको थियो । समीट यएरले धनगढीसम्म ३५ सय ५० भाडा कायम गर्‍यो । त्यही समयमा नेपाल एयरलाइन्सले २८ सय ५० भाडा कायम गरेको थियो, उनले भने ,‘त्यो बेला यात्रुहरुलाई सहज पनि भएको थियो ।

दुई एयरलाइन्सको प्रतिस्पर्धा नै देखिन्थ्यो । त्यसपछि समीट एक्लैले उडान गर्न थालेपछि भाडा पाँच हजार पुग्यो ।’ साँफेबगरबाट समीट एयरले यसअघि उडान गरे पनि सर्वसाधारणले टिकट पाउन नसकेको मंगलसेन –५ का स्थानीय प्रेम भाटले बताए ।

‘समीट यएरलाइन्सबाट सर्वसाधारणले यात्रा गर्न पाउने कुरा सपना जस्तै हो । केही निश्चित व्यक्तिहरुको आफ्नो कब्जामा लिएका थिए, अहिले त त्यही पनि बन्द भएको छ, उनले भने ,‘टिकट पाउनका लागि ठूलाबडाको पावर लगाउनु पर्ने, नेताको मान्छे हुनुपर्ने अवस्था थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार