काभा लिगका उपविजेता टोलीलाई जनही १ लाख २ हजारसहित सम्मान

काठमाडौं : नेपाल भलिबल संघ (एनभीए) ले काभाको विभिन्न प्रतियोगितामा पदक जितेका चार भलिबल टोलीलाई आज (शनिबार) नगद सहित सम्मान गरेको छ ।

 एक कार्यक्रम आयोजना गर्दै भलिबल संघले काभा बिच भलिबलको स्वर्ण र रजत विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत विजेता र काभा यू २० महिला भलिबल च्याम्पियनसिपको कांस्य विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरेको हो।

Dengue

काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली टोलीलाई जनही १ लाख २ हजार रुपैयाँ प्रदान गरिएको छ । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली महिला टोलीले पहिलो पटक भारतलाई हराएर इतिहास रचेको थियो तर फाइनलमा भने भारतसँग नै पराजित भएपछि नेपालले रजत जितेको थियो ।

काभा वुमन्स नेसन्स लिगमा सहभागी खेलाडीसँगै मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टले पनि नगद १ लाख २ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार तथा लोकेन्द्र कुँवर र म्यानेजर निलम बज्राचार्यलाई जनही ८२ हजार प्रदान गरियो ।

भुटानमा भएको काभा बिच भलिबलमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत जितेको थियो । स्वर्ण विजेता कमला पुन र मनिषा चौधरीले जनही ६० हजार तथा रजत विजेता मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनाले समान ३० हजार प्राप्त गरे । बिच भलिबल च्याम्पियनसिपमा दुवै टिमको प्रशिक्षक रहेका रुपेश विष्टले नगद ४० हजार प्राप्त गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार