चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र संसदीय विशेष छानबिन समितिलाई बुझाएको बताएका छन् ।
शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले आफू संलग्नका बारेमा लगाइएको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए ।
सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए । उनले जीबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए ।
ग्यालेक्सी टीभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतका विषयमा हेर्ने काम राज्यका निकायको रहेको उनको भनाइ थियो ।सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्