टीकापुरलाई छु्ट्टै जिल्ला बनाउने उद्घोष गर्दै : रेशमलाल चौधरी

टीकापुर : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले कैलालीको टीकापुरलाई छु्ट्टै जिल्ला बनाउने उद्घोष गरेका छन् ।

शुक्रबार नाउपाले आयोजना गरेको टीकापुर विद्रोह दिवसलाई सम्बोधन गर्दै उनले टीकापुर जिल्ला बनाउने आफ्नो पाइला कसैले पनि रोक्न नसक्ने बताए । उनले टीकापुर जिल्ला बनाउन स्वर्गीय खड्क बहादुर सिंहको योजनामा आफू हिँडिरहँदा अनेक षड्यन्त्र गरिएको उनको भनाइ छ ।

Dengue

‘टीकापुर जिल्ला बनाउने स्वर्गीय खड्क बहादुर सिंहको योजनामा रेशम चौधरीले पैँताला टेक्दैथियो । २०२७ सालमा घोषणा हुनैलागेको टीकापुर जिल्लाबाट सधैं अरु मान्छेहरु त्रस्त भइरहे । रेशम चौधरीले टेकेको पैँतालामा टिकापुर जिल्ला बनिहाल्छ कि भन्ने उत्तर, दक्षिण, पूर्व, पश्चिमका अन्य साथीहरुलाई ठूलो डर थियो ।

यो मञ्चबाट आज म उद्घोष गर्दैछु, टीकापुर जिल्ला एक बन्छ, दुई बन्छ, तीन बन्छ,’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार