विश्व बजारमा तेलको मूल्य घट्दा भारतले फाइदा उठाउने

काठमाडौं : विश्व बजारमा तेलको मूल्य घट्दा त्यसको फाइदा भारतले उठाउने देखिएको छ । भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता मुलुक हो ।

पछिल्लो समय तेलको मूल्यमा गिरावट आएको छ । पछिल्लो तथ्यांकअनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेर ७४डलर ५१ सेन्ट प्रतिब्यारेल पुगेको छ । चीन र अमेरिकी अर्थतन्त्रमा गिरावटको भयसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको माग घट्ने अनुमान गरिएको छ । यससँगै मूल्य घटेको विश्लेषण गरिएको छ ।

Dengue

यसको लाभ भारतलाई मिल्ने भारतीय समाचार संस्था आईएएनएसले विश्लेषण गरेको छ । भारतले आफ्नो घरेलु खपतको ८५ प्रतिशत तेल आयात गर्दै आएको छ । सस्तो मूल्यमा तेल आयात गर्दा एकातिर भुक्तानी सन्तुलन थपबलियो बन्ने र अर्कोतिर घरेलु बजारमा तेलको मूल्य घट्दा मुद्रास्फीति पनि नियन्त्रणमा आउने अपेक्षा गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार