तनहुँको बस दुर्घटनामा घाइते भएका यात्रुलाई भेट्न र मृतकको शव लिन भारत मन्त्री आज काठमाडौं आउँदै !

काठमाडौं : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा घाइते भएका यात्रुलाई भेट्न र मृतकको शव लिन भारत सरकारका केन्द्रीय मन्त्री आज काठमाडौं आउँदै छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आउन लागेकी हुन् । उनको साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने बताइएको छ ।

Dengue

मन्त्री खडसे काठमाडौँ आए लगत्तै दुर्घटनामा घाइते भइ उपचाररत यात्रुको स्वास्थ्य अवस्था बुझ्न टिचिङ अस्पताल महाराजगन्ज जाने कार्यक्रम छ । दुर्घटनामा घाइते भएका १६ भारतीय यात्रुको महाराजगंजस्थित टीचिंग अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा सामान्य घाइते भएका तीन जनालाई काठमाडौँस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार