धनगढी : कैलालीको धनगढीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १० बस्ने राजु रानाको छोरा ३ वर्षीय आर्यन रानाको घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर शुक्रवार मृत्यु भएको हो ।
पानीमा डुबेर घाइते भएका आर्यनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिननै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्