धनगढीमा असोज ३ गते एन.एस. विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने

धनगढी : एन.एस. विद्यालय स्तरीय नृत्य प्रतियोगिता २०८१ असोज ३ गते धनगढीमा सञ्चालन हुने भएको छ।

एन.एस. ग्रुपले आयोजना गर्न लागेको नृत्य प्रतियोगिता संविधान दिवसको अवसरमा गर्न लागिएको हो। सुदुरपश्चिमकोे संस्कृति झल्किने ६ जना बाट १० जनाको समुह बनाएर नृत्य गर्न मिल्ने छ भने सुदुरपश्चिम भरिका जुनसुकै विद्यालयहरुले सहभागिता जनाउन सक्ने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयाे।

Dengue

यस्तै नृत्य प्रतियोगितामा निर्णायक भने धनगढी भन्दा बाहिरबाट आउने आयोजकले बताएको छ । कार्यक्रमको अनुमानित खर्च ४ लाख आकलन गरीएको छ।

सुदुरपश्चिममा पहिलाे पटक संचालन हुन लागेको नृत्य प्रतियोगितामा प्रथम पुरुस्कार रु ५०,००० सहीत ट्रफी मेडल र प्रमाणपत्र , द्वितिय पुरुस्कार २५,००० सहीत ट्रफी मेडल र प्रमाणपत्र र तृतिय पुरुस्कार १५,००० ट्रफी मेडल र प्रमाणपत्रसहित विजेतालाई प्रदान गरिनेछ । कार्यक्रमको नृत्य संयोजक भवानी रेग्मी रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार