डडेल्धुरामा पालिकास्तरीय महिला तथा पुरुषको खुल्ला शुभकामना कप २०८१ भलिबल प्रतियोगिता

डडेल्धुरा : डडेल्धुरामा अन्तर पालिकास्तरीय महिला तथा पुरुषको खुल्ला शुभकामना कप २०८१ भलिबल प्रतियोगिता हुने भएको छ ।

शुक्रबार जिल्ला भलिबल संघ डडेल्धुराका अध्यक्ष राजेन्द्रबहादुर ठगुन्नाको अध्यक्षतामा बसेको बैठकले दशैँ र तिहारको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। 

Dengue

नेपालको राष्ट्रिय खेल भलिबलको व्यापक प्रचारप्रसार र प्रवर्द्धन गर्ने उदेश्यले असोज १७ देखि १९ गतेसम्म प्रतियोगिता आयोजना गरिने जिल्ला भलिबल संघ डडेल्धुराका महासचिव पुस्करबहादुर देउवाले जानकारी दिए ।

उनका अनुसार बैठकले जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भलिबल खेलाडीहरूलाई सम्मान गर्ने निर्णय पनि गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार