डेरीमा आगलागी हुँदा साढे तीन लाखभन्दा बढीको क्षति

भक्तपुर : भक्तपुरको मध्यपुर थिमिमा रहेको डेरीमा आगलागी हुँदा करिब साढे तीन लाखभन्दा बढीको क्षति भएको छ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ स्थित धुन्चे पाखामा सञ्चालित शिवदुति डेरीमा शुक्रबार आगलागी हुँदा ३ लाख ५४ हजार रुपैयाँ बराबरको सामग्री जलेर नष्ट भएको हो। 

Dengue

भक्तपुर प्रहरी परिसरले डेरीमा ग्यासबाट दूध तताउने क्रममा ग्यास लिक अचानक आगलागी भएको जनाएको छ। परिसरका डीएसपी राजन कार्कीले  धुन्छे पाखास्थित रत्न हैजुको दुई तले फलामको ट्रस्ट हालेको भुइँ तलामा हरी पराजुलीले सञ्चालन गरिएको डेरीमा आगलागी भएको जानकारी दिए।

डीएसपी राजन कार्कीका अनुसार प्रहरीले शुक्रबार ८:२१ बजे खबर प्राप्त गरेको थियो। प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीको २० जनाको टोली तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।    

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार