बझाङमा जिपभित्र लागुऔषधसहित साहु र चालक पक्राउ

बझाङ : बझाङमा जिपभित्र लागुऔषध भेटिएपछि साहु र चालक पक्राउ परेका छन् । शुक्रबार बित्थडचिर गाउँपालिका–३ दुधढल्ला स्थित जयपृथ्वी राजमार्गमा बागथलाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३९३३ नम्बरको जिपमा लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको थियो ।

प्रहरी चौकी स्याडीको इन्ट्री पोष्टमा प्रहरी टोलीले जाँच गर्दा जिप साहुले जिपको पछाडि राखेको मकैको कट्टाभित्र बाहिर सेतो प्लाष्टिक र भित्र कालो प्लाष्टिकमा ९ पोका लागुऔषध लुकाएको पाइएपछि चालक बुंगल नगरपालिका–२ दहबगर पौटाका २९ वर्षीय दीपक धामी, जिप साहु ४५ वर्षीय आइते धामीलाई जिपसहित नियन्त्रणमा लिइएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर जोशीले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार