फिल्म ‘लाज शरणम’मा भित्रिए कक्रोज

काठमाडौँ : टेलिश्रृंखला ‘सक्किगोनि’का टिमले निर्माण गर्ने फिल्म ‘लाज शरणम’मा कलाकार हरिष निरौला (कक्रोज) भित्रिएका छन् । निर्माण टिमले फिल्मको मुख्य भूमिकामा निरौलालाई भित्र्याएको हो ।

केही अगाडि एक कार्यक्रम सहित निर्माण घोषणा भएको फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल रहेका छन् । फिल्ममा सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहनछ ।

Dengue

अभिनेता महेश दवाडी र अभिनेत्री रेनु नाथ योगीको समेत अभिनय रहने फिल्म भदौ तेस्रो साताबाट फ्लोरमा जानेछ । फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका रिलिज हुने बताइएको फिल्म जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रूपमा रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार