वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक युवक पक्राउ

धनगढी : वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कैलालीका एक युवक काठमाण्डौंमा पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरिया घर भएका ३० वर्षीय इश्वरप्रसाद ढकाल विहिबार काठमाण्डौंमा पक्राउ परेका हुन्।

उनी काठमाण्डौंस्थित बुढानिगलकण्ड नगरपालिका–५ मण्डिखाटारमा बस्दै आएका थिए। पक्राउ परेका इश्वरीप्रसादले एक जना पीडितबाट ५० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको उजूरी प्रहरीमा परेको थियो।

Seti Hospital

पीडितले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इश्वरप्रसादलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

उनीसँगै प्युठान गौमुखी गाउँपालिका–७ घर भएका ४६ वर्षीय लालबहादुर जिसी पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार