धनगढीको सेतीमा पन्तको मृत्यु

धनगढी : टाउको दुःख्ने समस्याका कारण सेती प्रादेशिक अस्पताल भर्ना भएकी एक विवाहित युवतीको मृत्यु भएको छ।

बैतडीको पाटन नगरपालिका–६ घर भएर धनगढीमा नास्ता पसल सञ्चालन गर्दै आएकी २६ वर्षीया ईश्वरी भण्डारी पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बिहीबार बिहान ५ बजे टाउको दुःख्ने समस्या लिएर प्रादेशिक अस्पताल भर्ना भएकी भण्डारीलाई ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताए।

उनकाअनुसार बुधबार पनि अस्पताल पुगेकी भण्डारीलाई चिकित्सकले औषधी दिएपछि घर फर्किएकी थिइन्। तर बिहीबार बिहान पुनः अत्यधिक टाउको दुखेपछि श्रीमानले अस्पताल पुगाएका थिए। चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

20%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

60%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार