कैलालीको डुबानले घर हिलाम्मे हुँदा विस्थापितहरू सडकमा बस्न बाध्य

धनगढी : कैलालीको डुबान प्रभावित क्षेत्रमा बाढी घटे पनि घर हिलाम्मे  हुदा विस्थापितहरु सडकमा बस्न बाध्य छन् । बिहिबार मोहना, पथरैया, कान्द्रा, काँढा नदीमा आएको बाढीले कैलालीका बस्ती जलमग्न भएका थिए ।

बाढीलेभजनी नगरपालिकाको  १ देखि ९ वडासम्म डुबान गरेपछि चार हजार ३२७ परिवार प्रभावित भएका थिए । प्रभावितमध्ये ७५० परिवार विस्थापित भएर हुलाकी राजमार्ग र आफन्तको घरमा आश्रय लिएको जनाइएको छ । 

dashain shuvakamana
Discovery School

बाढी घटे पनि कतिपय विस्थापित अझै सडकमा बसिरहेको भजनी नगरपालिकाको विपत् व्यवस्थापन स्रोत व्यक्ति विष्णु न्यौपानेले बताउनुभयो । जिल्लामा सबैभन्दा होचो भूभाग रहेको भजनी नगरपालिकामा हरेक वर्ष डुबान हुनेगरेको छ । गत वर्ष पनि पानी परेपछि थुप्रै पटक डुबान भएको थियो ।

यसैबिच, कैलारी गाउँपालिका –५ का विस्थापित घर फर्केका छन् । बाढी घटेपछि उनीहरु सुरक्षित स्थानबाट घर फर्केका कैलारी गाउँपालिकाका विपत् स्रोत व्यक्ति भुवन बखरियाले बताउनुभयो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार