धनगढी पमहानगरपालिकामा चारवटा सार्वजनिक शौचालय निर्माण गरिने

धनगढीः कैलालीको धनगढीमा चारवटा शौचालय निर्माण गरिने भएको छ। उपमहानगरपालिकाले चारवटा सार्वजनिक शौचालय निर्माण गर्न ठेक्का सम्झौता गरेको हो। उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको चार स्थानमा आधुनिक शौचालय निर्माणका लागि सम्झौता गरेको छ। उपमहानगरपालिकाले एक करोड २० लाख ४० हजारको लागतमा चारवटा शौचालय निर्माण गर्न ठेक्का सम्झौता गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अगाडि, जिल्ला प्रशासन कार्यालय अगाडि र डिभिजन वन कार्यालय अगाडि गरेर चारवटा शौचालय निर्माण गर्न लागिएको धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दिजराज भट्टले बताए। उनले भने, ‘ठाउँ पाएको क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्दैछौ।

dashain shuvakamana
Discovery School

जिल्ला प्रशासन अगाडि क्याफे, पार्किङ, हरियालीसहितका शौचालय निर्माण गर्दैछौ।’ धनगढी उपमहानगरपालिका–१ डिभिजन वन कार्यालय र जिल्ला प्रशासन, वडा नम्बर २ को भेटेरिनरी र वडा नम्बर ४ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि सार्वजनिक शौचालय निर्माण गर्न सीबीआर कन्स्ट्रक्सनसँग सम्झौता गरिएको छ।

जिल्ला प्रशासन कार्यालय अगाडि र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ। भेटेरिनरी अगाडिको शौचालयको जग निर्माणको काम मात्र भएको छ। उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा थप चारवटा शौचालय निर्माण गर्ने भएको छ।

धनगढी बसपार्क क्षेत्र, ट्राफिक चौराह क्षेत्र, विद्युत् कार्यालय क्षेत्र, बोराडाँडी क्षेत्र, कबडहल क्षेत्र, खुला मञ्च क्षेत्र र पत्रकार महासङ्घको कार्यालय क्षेत्रमा थप शौचालय निर्माण गर्ने योजना उपमहानगरपालिकाको छ। धनगढी खुला मञ्च र नेपाल पत्रकार महासङ्घ, कैलाली शाखाको कार्यालय रहेको क्षेत्रमासमेत शौचालय निर्माण गर्ने उपमहानगरपालिकाको योजना छ। भट्टले भने, ‘कबडहल क्षेत्रमा सार्वजनिक शौचालयको आवश्यक छ। त्यो ठाउँमा पनि बनाउछौ।

खुला मञ्च क्षेत्रमा पनि बनाउछौ। भविष्यमा नयाँ ठाउँ र बजार विस्तार हुने ठाउँहरुमा, बोराडाँडी क्षेत्र, चटकपुर क्षेत्र, हुलाकी राजमार्गमा पनि शौचालय निर्माण गर्दै लैजाने, शौचालय मात्र होइन, शुद्ध खानेपानीसहितको शौचालय निर्माण गर्ने योजना छ।’

उपमहानगरपालिकाले हुलाकी राजमार्गको कालीका मन्दिर क्षेत्र र धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडी क्षेत्रमासमेत सार्वजनिक शौचालय निर्माण गर्ने योजना बनाएको छ। उपमहानगरपालिकाको परिसरमा ३९ लाख चार हजार ८४४ रुपैयाँमा निर्माण गरिएको शौचालय सञ्चालनका लागि ठेक्का सम्झौतासमेत गरिएको छ। बालाजी कन्स्ट्रक्सनले एक वर्षमा दुई लाख १० हजार भाडा तिर्ने गरेर शौचालय सञ्चालन गर्ने भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार