कराँतेका पूर्व खेलाडी चन्दलाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता

धनगढी : कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री प्रकाश चन्दले एसियन कराँते महासङ्घबाट रेफ्रीको मान्यता प्राप्त गरेका छन् । नेपालमा यो स्तरबाट रेफ्री पास गर्ने निकै थोरै रहेका छन् ।

एसियन कराँते महासङ्घको आयोजनामा फिलिपिन्सको राजधानी मनीलामा सम्पन्न भयको २२ औँ एसियन कराँते प्रतियोगिता तथा रेफ्री सेमिनारमा सहभागी भएका उनले त्यहीबाट लिखित र प्रयोगात्मक परीक्षा पास गरेर  रेफ्री पासको लाइसेन्स  पाएका हुन् ।

Dengue

३२ देशका २०० बढि रेफ्रीहरुले सहभागिता जनाउँदा चन्दसहित ९७ जना मात्रै उत्तीर्ण भएका थिए । नेपाल कराँते महासङ्घ राष्ट्रिय रेफ्री कमिसन सदस्य रहेका चन्दले यस अघि भारतको नयाँ दिल्लीबाट जज बी , उज्बेकिस्तानबाट जज ए र अहिले फिलिपिन्सबाट रेफ्री बी पास गरेका हुन् 

 उनी  राष्ट्रिय खेलकुद परिषद्का कराँते प्रशिक्षक तथा राष्ट्रिय गोजुरियो कराँते दो सङ्घ नेपालका निमित्त प्रमुख प्रशिक्षक समेत हुन् । सुदूरपश्चिम धनगढीका चन्दको उपलब्धिलाई आम  रेफ्रीहरूले ठूलो उपलब्धिका रुपमा लिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार