फिल्म ‘वर एन्ड वधु’को तेस्रो गीत ‘सिरी सिरी’ सार्वजनिक

काठमाडौँ : भदौ १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘वर एन्ड वधु’को तेस्रो गीत ‘सिरी सिरी’ सार्वजनिक गरिएको छ । अभिनेत्री आँचल शर्मा र नव–अभिनेता विवेक कर्माचार्यको रोमान्टिक अन्दाज र नोकझोंक देखाइएको गीत सुगम पोखरेल र नेहा करोदेको स्वर छ । 

गीतको शब्द नरेश भट्टराईको र संगीत युग भुसालको छ । गीतको छायाङ्कन रोमानियमा गरिएको हो । मिलन चाम्सको निर्देशन रहेको फिल्ममा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, सृष्टि खड्का, हिउँवाला गौतम, गरिमा शर्मा, रवीन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्तको अभिनय छ । 

Dengue

फिल्ममा जानुका थापा निर्माता र डा। अमित रिजाल कार्यकारी निर्माता रहेका छन् । एलआरके प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सुदिप बरालको छायाङ्कन तथा प्रदीप भारद्वाजको लेखन छ । फिल्मले सामाजिक विषयवस्तुलाई रमाइलो शैलीमा भनेको निर्देशक चाम्सले बताए । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले बिहीबारबाट मोफसल प्रचार प्रसारमा निस्किएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार