बैतडीबाट ५ जना जुवाडे पक्राउ

बैतडी : बैतडीको पाटन नगरपालिकाबाट ५ जना जुवाडे पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–४ मोहनपुरमा ४२ वर्षीय गणेश सिंह बिष्टले सञ्चालन गरेको अन्नपुर्ण होटेलबाट होटल साहु बिष्टसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले होटेलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। पाँचै जनालाई नगद ६२ हजार ७७० र १ गड्डी ताससहित नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार