बैतडीमा मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

बैतडी : बैतडीमा बिहीवार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटमा सुदूूरपश्चिम प्रदेश ०२–००१ क ०७३४ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा ट्रक साहु सुर्नया गाउँपालिका–६ का ३० वर्षीय जगदीश अवस्थीको घटनास्थलमै मृत्यु भएको हो।

सिल्लेगडा–कटौजपानी कच्ची सडकमा भएको दुर्घटनामा सुर्नया गाउँपालिका–६ मूलखटालीका ट्रक चालक ३८ वर्षीय अम्मर अवस्थी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का राजेन्द्र राना घाइते भएका छन्। घाइते मध्ये चालक अवस्थीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

SHIKHAR COOL TECH

घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। ट्रक सडकबाट ५० मिटर तल खसेको बताइएको छ। छड र सिमेन्ट बोकेर जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक गिरीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार