धनगढीमा १५ परिवार इसाईका लागि तीन वटा चर्च खोलिए !

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा, राना गाउँमा करिब १५ परिवार इसाईका लागि तीन वटा चर्च खोलिएको छ।

सरस्वती माध्यमिक विद्यालयको दक्षिणमा अवस्थित मनेहरा गाउँमा दुई वटा चर्च यसअघि नै खोलेकोमा तेस्रो चर्च निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

SHIKHAR COOL TECH

चर्चमा रङरोगन र फर्निसिङको काम मात्रै बाँकी छ। राना समुदायको करिब दुई सय पचास परिवारको बसोबास रहेको मनेहरा गाउँमा भुसको आगो झै इसाईकरणको आगो सल्किएको स्थानीयले टिप्पणी गरेका छन्।

गाउँमा चर्च पसेपछि एउटै परिवारका केही सदस्य इसाई बन्ने र केही स्वधर्ममै रहने प्रवृत्ति देखा परेको उनीहरूले बताएका हुन्।

इसाईकरण बढेसँगै रानाथारू परिवार र समाजमा विखण्डन आएको छ भने धर्म, संस्कृति र परम्परासमेत संकटमा पर्ने चिन्ता स्थानीय बुढापाकाले गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार